८ कम्पनीको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत ८ कम्पनीको सेयर कारोबार रोक्का भएको छ । एक आपसमा मर्ज तथा प्राप्ति प्रक्रियामा रही एकीकृत कारोबार गर्ने तयारीमा रहेका २ वाणिज्य बैंक, ५ लघुवित्त र एक बीमा कम्पनी गरी ८ कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

नेप्सेका अनुसार लक्ष्मी बैंक, सनराइज बैंक, नेशनल माइक्रोफाइनान्स, समिट लघुवित्त, विजय लघुवित्त, नयाँ सारथी लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको हो ।

हाल मर्जर प्रक्रियामा रहेका लक्ष्मी र सनराइज बैंकले भोलि (असार २९ गते)देखि एकीकृत तयारी गर्ने भएका छन् । दुई बैंक मर्ज भई लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । अब दुवै बैंकको सेयर लक्ष्मी सनराइजको नामबाट कारोबार हुनेछ ।

त्यस्तै, नेशनल माइक्रोफाइनान्सले समिट लघुवित्तलाई गाभेर असार ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ । यससँगै अब समिटको सेयर नेशनलको नामबाट कारोबार हुनेछ ।

त्यसैगरी, विजय लघुवित्तले नयाँ सारथी लघुवित्तलाई गाभेर असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ । यससँगै अब नयाँ सारथीको सेयर विजय लघुवित्तको नामबाट कारोबार हुनेछ ।

त्यस्तै, आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभेर असार ३१ गतेदेखि नै एकीकृत कारोबार सुरु गर्दैछ । अब राष्ट्र उत्थानको सेयर आशा लघुवित्तको नामबाट कारोबार हुनेछ ।

त्यसैगरी, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भई असार ३१ देखि नै एकीकृत कारोबार सुरु गर्दै छन् । अब प्रभुको सेयर ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’को नामबाट कारोबार हुनेछ ।

 

७ नयाँ ब्रोकरले थाले सेयर कारोबार Read Previous

७ नयाँ ब्रोकरले थाले सेयर कारोबार

सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित, साउन १ देखि कार्यान्वयनमा आउने Read Next

सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित, साउन १ देखि कार्यान्वयनमा आउने