ग्लोबल आइएमई बैंकले उपत्यकामा खोल्यो दुई नयाँ शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं उपत्यकामा दुई वटा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

नारायणी लिफ्टमा धमाधम मेसिन जडान हुँदै, पानी आउने दिन कुर्दै किसान Read Previous

नारायणी लिफ्टमा धमाधम मेसिन जडान हुँदै, पानी आउने दिन कुर्दै किसान

हिमालय एयरलाइन्सले सुरू गर्‍यो अनलाइन टिकट बुकिङ Read Next

हिमालय एयरलाइन्सले सुरू गर्‍यो अनलाइन टिकट बुकिङ