माण्डु हाइड्रोपावरको प्रिमियममा आइपीओ खुल्यो

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्रीमा ल्याएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ललितपुर र मकवानपुरका स्थानीयका लागि प्रतिकित्ता २०६ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ पिूमियम थपेर) दरले २ लाख ७२ हजार ७३० कित्ता सेयर निष्काशन गरेको हो ।

सो सेयरमा ललितपुरको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं. ३ का स्थानीयले आवेदन दिन पाउने छन् ।

यसैगरी, कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता २०६ रुपैयाँ दरले १ लाख ३६ हजार ३६४ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले सो आइपीओमा साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा स्थानीयले मात्र ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले आयोजना स्थल, कुमारी बैंक, प्रभु बैंक तथा प्रभु क्यापिटलका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, प्रभु क्यापिटलको वेबसाइटबाट अनलाइन आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत आनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर ट्रिपल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरि हाल सञ्चालनमा रहेको २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ रहेको छ।

 

लम्पी स्किन महामारी : ३१ अर्ब बढीको क्षति, किसानले पाएनन् बीमा दाबी भुक्तानी Read Previous

लम्पी स्किन महामारी : ३१ अर्ब बढीको क्षति, किसानले पाएनन् बीमा दाबी भुक्तानी

भन्सारमा कडाइ नहुँदा पारी जोगबनी बजार गुलजार, वारी विराटनगर सुनसान  Read Next

भन्सारमा कडाइ नहुँदा पारी जोगबनी बजार गुलजार, वारी विराटनगर सुनसान