तीन सिमेन्ट उद्योगले पाए नेपाल गुणस्तर चिन्ह अवार्ड

काठमाडौं । तीन नेपाली सिमेन्ट उद्योगले नेपाल गुणस्तर चिन्ह अवार्ड पाएका छन्।

 

नेपाल गुणस्तर तथा नापतौल विभागले शिवम्, मारूती र जगदम्बा सिमेन्टलाई ‘नेपाल गुणस्तर चिन्ह अवार्ड–२०१९’ प्रदान गरेको हो ।

 

‘एनएस क्वालीटी अवार्ड’ पाउँदै शिवम् सिमेन्ट प्रथम भएको छ । ‘ लेटर अफ एप्रिसिएशन’ पाउँदै मारूती र जगदम्बा सिमेन्ट क्रमशः र तेस्रो भएका छन्।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको प्रमुख आतिथ्यमा बिहीवार सो अवार्ड वितरण गरिएको विभागले जनाएको छ ।

कर छल्ने जुक्ती : भारतीय नागरिकको सम्पत्ति नेपालीको नाममा Read Previous

कर छल्ने जुक्ती : भारतीय नागरिकको सम्पत्ति नेपालीको नाममा

निजामती कर्मचारीको अवकाश उमेर हद बढ्यो, अब कति वर्षसम्म जागिर खान पाउँछन् Read Next

निजामती कर्मचारीको अवकाश उमेर हद बढ्यो, अब कति वर्षसम्म जागिर खान पाउँछन्