काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।
सरकारको नीतिविपरीत चलेको भन्दै पर्यटनमन्त्री सुदन किँरातीले असार ११ गते महानिर्देशक अधिकारीसँग ९ बुँदै स्पष्टीकरण मागेका थिए । महानिर्देशक अधिकारीले सो स्पष्टीकरणको जवाफ नदिएपछि मन्त्री किँरातीले आज फेरि ३ दिने स्पष्टीकरण मागेका हुन् ।
बुधबारको मन्त्रीस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको पर्यटन मन्त्रालयले जनाएको छ । अब ३ दिन भित्र पनि जवाफ नआएमा भने कानून अनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्टीकरण पत्रमा उल्लेख छ ।
मन्त्रालयले यसअघि उनलाई नेपाल सरकारको उक्त नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, उक्त नीतिविपरीत सञ्चार माध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्ति दिनेजस्ता कार्य गरेको भन्दै स्पष्टीकरण मागेको थियो
।