आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आज (कार्यालय समय) देखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा वैदेशिक सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता २३६.९१ रुपैयाँ (अङ्कित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँँ थपेर) दरले ९६ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताले असार २५ गतेसम्म आवेदन दिन सक्नेछ्न । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई  ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँदछ ।

सवारी लाइसेन्सको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा शुभारम्भ Read Previous

सवारी लाइसेन्सको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा शुभारम्भ

१० हजारलाई रोजगारी दिन श्रम बैंक स्थापना गर्दै महानगर, तालिमपछि तुरुन्तै रोजगार Read Next

१० हजारलाई रोजगारी दिन श्रम बैंक स्थापना गर्दै महानगर, तालिमपछि तुरुन्तै रोजगार