सेयर बजारमा दोहोरो अंकले गिरावट, यी कम्पनीको मूल्य भने सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । पछिल्ला केही दिनदेखि लगातार बढिरहेको बजारमा यस दिन भने ब्रेक लागेको हो ।
आज नेप्से परिसूचक ३९.२६ अंकले घटेर २०४९.४४ को विन्दुमा झरेको छ । यस दिन कारोबारमा आएका २७७ कम्पनी मध्ये २०८ को मूल्यमा गिरावट आएको छ भने १४ कम्पनीको सेयर मूल्य बढेको छ ।

बुधबार ३ अर्ब रुपैयाँ बढी बराबरको ८० लाख ९२ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यस दिन सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स १३ करोड, सोल्टी होटलको ९ करोड रुपैयाँ बढीको कारोबार सहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसदिन सिटी होटल र रवा इनर्जि डेभलपमेन्टका लगानीकर्ताले ९ प्रतिशत बढीले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुमाउनेमा बीपी डब्लू लघुवित्त वित्तीय संस्था, र मोर्दि इनर्जीका लागानीकर्ताले गुमाएका छन । यी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यसैगरी, सिटिजन म्युचअल फन्ड र मन्दाकीनी हाइड्रोपावरका लगानीकर्ताले ७/७ प्रतिशत बढीले गुमाएका छन् ।

दासढुङ्गा मुग्लिन खण्डको तनहुँतर्फ निर्माण कार्य सुरु गर्न माग Read Previous

दासढुङ्गा मुग्लिन खण्डको तनहुँतर्फ निर्माण कार्य सुरु गर्न माग

दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा Read Next

दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा