दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार मापसेमा ६९, लेन उल्लङ्नमा एक सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन् । यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउनेलाई एक सय ४७ र अन्य एक हजार सात सय ४५ गरी कुल दुई हजार दुई सय तीन सवारी चालकलाई कारबाही गरिएको छ ।

सेयर बजारमा दोहोरो अंकले गिरावट, यी कम्पनीको मूल्य भने सकारात्मक सर्किट Read Previous

सेयर बजारमा दोहोरो अंकले गिरावट, यी कम्पनीको मूल्य भने सकारात्मक सर्किट

राजश्व उठाउने काममा जिम्मेवार भएर लाग्न अर्थमन्त्री महतको निर्देशन Read Next

राजश्व उठाउने काममा जिम्मेवार भएर लाग्न अर्थमन्त्री महतको निर्देशन