नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कोषले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने २५ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि कोषको नयाँ सेयर मूल्य २०९०.४० रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा मंगलबार कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

अघि बढ्दै कैलाली सेज निर्माण, रुख कटान थालिँदै Read Previous

अघि बढ्दै कैलाली सेज निर्माण, रुख कटान थालिँदै

सुनसान बन्दै लमजुङका 'होमस्टे', घलेगाउँमै एक जना पनि पुग्दैनन् पर्यटक Read Next

सुनसान बन्दै लमजुङका 'होमस्टे', घलेगाउँमै एक जना पनि पुग्दैनन् पर्यटक