काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ ।
नेप्सेमा साविकको सीवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त मर्ज भई बनेको नयाँ कम्पनी ‘सीवाइसी लघुवित्त वित्तीय संस्था’को सेयर सूचीकृत भएको हो ।
साविकको सीवाइसी र आँधिखोला मर्ज हुँदा कायम भएको १:०.७० सेयर अनुपातका आधारमा सीवाइसीको नाममा १० लाख ८२ हजार ९०० कित्ता सेयर सूचीकृत भएको छ ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सेले ११७१.८५ रुपैयाँ ओपन रेन्ज तोकेको छ । अब यही मूल्यका आधारमा साेमबार कम्पनीको सेयर कारोबार खुल्नेछ । लघुवित्तको सेयर कारोबारका लागि नेप्सले CYCL संकेत चिह्न दिएको छ ।