काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्त संचालक समितिको असार ५ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद (कर तिर्न) रहेको छ ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।