नेप्सेमा लगातार उच्च अंकको गिरावट, परिसूचक २१०० बिन्दुभन्दा तल झर्‍यो

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । गत बुधबार ३५ अंकले घटेको नेप्से आज एकैदिन ५३ अंकले घटेको छ । पछिल्ला दुई दिनमै नेप्से ८८ अंकले घटेको छ ।

प्रफिट बुक गर्ने हाबी हुँदा नेप्सेमा गिरावट आएको आकलन गरिएको छ । सूचकमा भारी गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज ५ अर्ब ८ करोड बढीको सेयर कारोबार भएको छ ।

आइतबार नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा आइपुगेको छ । यसदिन २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । माइक्रोफाइनान्स उपसमूह सबैभन्दा धेरै ४.७५ प्रतिशतले घटेको छ ।

आज हिमालयन लाइफको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २७ करोड र सोल्टी होटल २० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

घट्दो बजारमा आज श्रृजनशील लघुवित्तका सेयरधनीले सर्वाधिक ९.३२ प्रतिशत गुमाएका छन् । त्यसैगरी, माउन्टेन इनर्जी ९.१२, ग्रामीण विकास लघुवित्त ८.०१, साधना लघुवित्त, गुराँस लघुवित्त, आशा लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

९ वर्षदेखि अलपत्र घुमाउनेको पुल, बन्न सक्थ्यो मुग्लिन-नारायणगढ र पृथ्वी राजमार्गको विकल्प Read Previous

९ वर्षदेखि अलपत्र घुमाउनेको पुल, बन्न सक्थ्यो मुग्लिन-नारायणगढ र पृथ्वी राजमार्गको विकल्प

वित्तीय संस्था विरुद्धका गतिविधिले सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्छ : सीबीफीन Read Next

वित्तीय संस्था विरुद्धका गतिविधिले सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्छ : सीबीफीन