विजय र नयाँ सारथी लघुवित्तले पाए मर्जरको अन्तिम स्वीकृति, स्वाप रेसियो कति ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि अन्तिम स्वीकृति पाएका छन् ।

नेपाल राष्ट्र बैंकले दुई लघुवित्त मर्ज हुन असार १५ गते अन्तिम स्वीकृति दिएको हो । मर्जरपछि दुवै लघुवित्तले ‘विजय लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरु गर्नेछन् ।

दुवै लघुवित्त समान हैसियत अर्थात् १ः१ सेयर अनुपातमा मर्ज हुने भएका हुन् । गत मंसिर २६ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेका दुई लघुवित्तले वैशाख ३० गते अन्तिम सम्झौतामा हस्ताक्षर गरेका थिए ।

हाल विजय लघुवित्तको चुक्रा पूँजी ३८ करोड ४० लाख रुपैयाँ छ भने नयाँ सारथीको ३६ करोड १० लाख रुपैयाँ छ । मर्जरपछि नयाँ कम्पनीको एकीकृत चुक्ता पूँजी ७४ करोड ५० लाख रुपैयाँ पुग्ने छ ।

कालीगण्डकी करिडोर : बेनी-गलेश्वर सडकको आशालाग्दो प्रगति, ५ महिनामै ८०% काम पूरा Read Previous

कालीगण्डकी करिडोर : बेनी-गलेश्वर सडकको आशालाग्दो प्रगति, ५ महिनामै ८०% काम पूरा

नारायणीमा ५ अर्बमा तटबन्ध निर्माण, बाढीको जोखिम घट्दै Read Next

नारायणीमा ५ अर्बमा तटबन्ध निर्माण, बाढीको जोखिम घट्दै