नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले बताए ।

सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

नारायणगढ-मुग्लिन सडकमा वर्षायाम भरी पहिरोकाे सास्ती, यी ठाउँमा उच्च जोखिम Read Previous

नारायणगढ-मुग्लिन सडकमा वर्षायाम भरी पहिरोकाे सास्ती, यी ठाउँमा उच्च जोखिम

१० वर्षमा बन्यो सुनकोसीको फोक्सिङटार पुल, सडक नबन्दा आएन नियमित प्रयोगमा Read Next

१० वर्षमा बन्यो सुनकोसीको फोक्सिङटार पुल, सडक नबन्दा आएन नियमित प्रयोगमा