आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले पहिलो चरणमा असार १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता २३६.९१ रुपैयाँ (अंकित मूल्य १०० मा १३६.९१ रुपैयाँ प्रिमियम थपेर) दरले १२ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘ ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँदछ ।

२ अर्ब लगानीमा खुल्यो अन्तर्राष्ट्रिय स्तरको टायल उद्योग Read Previous

२ अर्ब लगानीमा खुल्यो अन्तर्राष्ट्रिय स्तरको टायल उद्योग

असार २४ गतेदेखि प्रिमियममा आइपीओ बिक्री गर्दै भगवती हाइड्रोपावर Read Next

असार २४ गतेदेखि प्रिमियममा आइपीओ बिक्री गर्दै भगवती हाइड्रोपावर