एडीबीले नेपाललाई साढे ६ अर्ब ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई ५ करोड डलर (करिब ६ अर्ब ६० करोड रुपैयाँ) ऋण दिने भएको छ ।

नेपालको आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्न एडीबीले उक्त ऋण दिने भएको हो ।

सरकारले कार्यान्वयनमा ल्याएको भन्सार सुधार र आधुनिकीकरण योजना कार्यान्वयनमा यो ऋण उपयोग हुने भएको छ ।

सरकारले लिएको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा व्यापारको हिस्सा बढाउन यो ऋणले सहयोग गर्ने अपेक्षा राखिएको छ । अहिले नेपालको जीडीपीमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत देखिन्छ ।

व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धा बढाउने र यसले समग्र मुलुकलाई आर्थिक वृद्धितर्फ लैजान मद्दत गर्ने एडीबीका दक्षिण एसिया विभागका निर्देशक थियाम ही एनजीले बताएका छन् ।

उनले सुधारिएको व्यापार सहजीकरणले निर्यात बढाउन र नेपालको भुक्तानी सन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्ने समेत बताए । यो सहायताले भन्सार प्रशासनलाई डिजिटल प्रविधिमा लैजान भूमिका खेल्ने बताइएको छ ।

नवनिर्वाचित सीएनआई पदाधिकारीले भेटे प्रधानमन्त्री, चोरी पैठारी नियन्त्रणमा निर्मम हुन आग्रह Read Previous

नवनिर्वाचित सीएनआई पदाधिकारीले भेटे प्रधानमन्त्री, चोरी पैठारी नियन्त्रणमा निर्मम हुन आग्रह

राष्ट्रिय प्रसारणमा जोडियो यी ५ आयोजनाको १२६ मेगावाट बिजुली Read Next

राष्ट्रिय प्रसारणमा जोडियो यी ५ आयोजनाको १२६ मेगावाट बिजुली