प्रधानमन्त्री प्रचण्ड सरकारले ६ महिनामा के-के गर्‍यो ? यस्ता छन् ७७ उपलब्धी (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाले सरकारको नेतृत्व सम्हालेको ६ महिना पूरा भएको छ । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो ६ महिने कार्यकालको उपलब्धीहरु सार्वजनिक गरेका छन् ।

उनले आफ्नो ६ महिने कार्यकालमा उल्लेख्य उपलब्धी हासिल भएको बताए । बुधबार प्रतिनिधिसभामा सरकारको ६ महिने उपलब्धि, सोच र गन्तव्य सुनाउँदै उनले आफ्नो कामले डिस्टिङसन नै पाउनुपर्ने बताएका थिए ।

‘नम्बर कति आउँछ भविष्यले देखाउँछ । पास मात्रै होइन, मेरिटमै पास भइन्छ भन्ने लागेको छ । ६ महिनाको काममा मूलभूत रूपमा सन्तुष्ट भएकाले डिस्टिङसन नै पाउनुपर्ने ठानेको छु ,’ उनले भने ।

उनले ऊर्जा, सार्वजनिक सेवा प्रवाह, देशको अर्थतन्त्र लगायत क्षेत्रमा सुधार आएको बताए । प्रधानमन्त्री प्रचण्डले पुस १० यता थप २.४१ प्रतिशत जनतामा विद्युतको पहुँच विस्तार गरेको बताएका छन् ।

‘४०८ मेगावाट विद्युत उत्पादन क्षमता वृद्धि भई हालसम्म जडित विद्युत २६७८ मेगावाट पुगेको। विद्युतमा पहुँच पुग्ने जनसंख्या ९३.५९ प्रतिशतबाट वृद्धि भई ९६ प्रतिशत पुगेको छ,’ सरकारको उपलब्धी विवरणमा भनिएको छ ।

यस्तै, उनले नेपाल भारत बीच १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी दीर्घकालीन विद्युत व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको बताए । उनले नेपाल-बंगलादेशबीच ४० मेगावाटसम्म विद्युत निर्यात गर्न नेपाल, भारत तथा बंगलादेशबीच विद्युत बिक्री सम्झौता हुने प्रक्रियामा रहेको बताएका छन्।

यसैगरी, पछिल्लो ६ महिनायता कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको, ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सुरक्षित अवस्थामा पुगेको, कुल वस्तु व्यापार घाटामा १५.२ प्रतिशतले कमी आएको, विप्रेषण उल्लेखनीय रूपमा बढेको, पर्यटक संख्या दोब्बरले बढेको, बैंक दर र ब्याजदर घटेर वित्तीय क्षेत्रको स्थायित्व र लगानीको वातावरणमा सकारात्मक सुधार भएको प्रगति विवरणम उल्लेख छ ।

त्यस्तै, ७३९ स्थानीय तहमा फोजी सेवा विस्तार भई ६६ प्रतिशत जनतामा पहुँच पुगेको र इन्टरनेट ग्राहकको घनत्व १३२.७६ प्रतिशत पुगेको उनले बताएका छन्।

त्यस्तै, विद्युत् प्राधिकरण र आयल निगम नाफामा गएका छन् भने वायुसेवा निगमको आर्थिक अवस्था पनि सुधारोन्मुख रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

 

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमा रोक Read Previous

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमा रोक

फेरि मौलाउँदै कित्ताकाट, जेठमा १ वर्ष यताकै धेरै Read Next

फेरि मौलाउँदै कित्ताकाट, जेठमा १ वर्ष यताकै धेरै