नेप्सेमा थप दुई लघुवित्त बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप दुई लघुवित्त संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा मंगलबार महुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

दुवै लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।

नेप्सेमा महुली लघुवित्तको १४.२५ प्रतिशत अर्थात् ४ लाख २ हजार ९१.४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, समता घरेलुको १५ प्रतिशत अर्थात् ५ लाख १४ हजार ११६.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय Read Previous

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

'बेलुन' जडान नहुँदा संचालनमा आउन सकेन टेकु बायो ग्यास प्लान्ट Read Next

'बेलुन' जडान नहुँदा संचालनमा आउन सकेन टेकु बायो ग्यास प्लान्ट