आशा लघुवित्तले पायो राष्ट्र उत्थानलाई गाभ्न पूर्व स्वीकृति

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न पूर्व स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तलाई पूर्व स्वीकृति दिएको हो ।

यसअघि नेपाल राष्ट्र बैंकले जेठ २३ गते दुवै संस्थालाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको थियो ।

नुवाकोटमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त र बनेपाको राष्ट्र उत्थान लघुवित्तले गत चैत २९ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेका थिए ।

सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन अनुसार दुई लघुवित्त समान हैसियतमा गाभिन लागेको हुन् । अर्थात् आशाले राष्ट्र उत्थानलाई १स्१ सेयर अनुपातमा गाभ्ने भएको हो ।

हाल आशा लघुवित्तको चुक्ता पूँजी ३८ करोड १६ लाख छ भने राष्ट्र उत्थान लघुवित्तको २६ करोड चुक्ता पूँजी छ । मर्जरपछि बन्ने लघुवित्तको चुक्तापूँजी ६४ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।

२५ किलोमिटर छोटिँदै पोखरा-नारायणगढको दूरी, वैकल्पिक सडक कालोपत्र गरिँदै Read Previous

२५ किलोमिटर छोटिँदै पोखरा-नारायणगढको दूरी, वैकल्पिक सडक कालोपत्र गरिँदै

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन माग Read Next

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन माग