रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले आज आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ३ लाख ६१ हजार ९८९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये एक जनाले थप १ कित्ता सेयर पाएका छन् । ८ लाख ६५ हजार ५८० जनाको भने हात रित्तो भएको छ ।

कम्पनीले जेठ २६ देखि ३० गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३६ करोड १९ लाख ८९ हजार १०० रुपैयाँ बराबरको ३६ लाख १९ हजार ८९१ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

कृषिप्रधान मुलुकमै छैन कृषि ऐन, ५ वर्षमा पनि सकिएन मस्यौदाको काम Read Previous

कृषिप्रधान मुलुकमै छैन कृषि ऐन, ५ वर्षमा पनि सकिएन मस्यौदाको काम

२५ किलोमिटर छोटिँदै पोखरा-नारायणगढको दूरी, वैकल्पिक सडक कालोपत्र गरिँदै Read Next

२५ किलोमिटर छोटिँदै पोखरा-नारायणगढको दूरी, वैकल्पिक सडक कालोपत्र गरिँदै