असार १९ देखि आइपीओ बिक्री गर्दै मनकामना इन्जिनीयरिङ हाइड्रोपावर

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले असार १९ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाका दुई गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । उक्त आइपीओमा दोलखाको गौरीशंकर गाउँपालिका (वडा नं. ५, ६, ७ र ८), बिगु गाउँपालिका (वडा नं. ४) र कालिञ्चोक गाउँपालिका (वडा नं ३) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण निष्काशन गर्ने भएके छ ।

कम्पनीको आइपीओमा स्थानीय बसिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा लगानीकर्ताले साउन २ गतेसम्म आवेदन दिन पाउने छन् । सो समयमै सबै सेयर बिक्री नभएमा स्थानीयले मात्र ढिलोमा साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले मनकामना इन्जिनियरिङको रजिष्ट्रर्ड कार्यालय अनामनगर, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयका साथै गौरीशंकर गाउँपालिकाको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीको आइपीओलाई ‘केयर एनपी डबल बी रेटिङ’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँदछ ।

 

काठमाडौं महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्नुपर्छ कर ? Read Previous

काठमाडौं महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्नुपर्छ कर ?

कृषिप्रधान मुलुकमै छैन कृषि ऐन, ५ वर्षमा पनि सकिएन मस्यौदाको काम Read Next

कृषिप्रधान मुलुकमै छैन कृषि ऐन, ५ वर्षमा पनि सकिएन मस्यौदाको काम