काठमाडौंमा पार्किङ प्रयोजनका लागि भवन बनाए १० वर्षसम्म कर छुट पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यावसायिक रुपमा पार्किङ प्रयोजनका लागि भवन बनाए १० वर्षसम्म सम्पत्ति कर छुट दिने घोषणा गरेको छ ।

आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक सार्वजनिक गर्दै महानगरपालिकाका प्रमुख बालेन्द्रशाहले यस्तो घोषणा गरेका हुन् ।

उनले व्यवसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट दिइने बताए ।

यस्तै, पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गराई बनाइएको भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको पाइएमा प्रचलित कानुन र निर्णय बमोजिम कारबाही गरिने मेयर शाले बताए । साथै, सम्पत्ति कर सहितका सम्बन्धित अन्य कर असुल गरिने उनले बताए ।

तर, फार (एफएआर) सुविधा लिइ स्वीकृत गरेको भवनको सावरी साधन पार्किङ क्षेत्रलाई त्यस्तो सुविधा उपलब्ध नहुने मेयर शाहले बताए ।

काठमाडौं महानगरको बजेट : आस्फाल्ट प्लान्टदेखि १०० चोकमा हाइमास्ट लाइट, यस्ता छन् ५ पूर्वाधार योजना Read Previous

काठमाडौं महानगरको बजेट : आस्फाल्ट प्लान्टदेखि १०० चोकमा हाइमास्ट लाइट, यस्ता छन् ५ पूर्वाधार योजना

अब झोलादेखि सवारीसाधनमा विज्ञापन गरे कर तिर्नुपर्ने Read Next

अब झोलादेखि सवारीसाधनमा विज्ञापन गरे कर तिर्नुपर्ने