नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ ।

काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिजर’ पनि पालना नगरेको पाएकाले निलम्बन गरिएको हो ।

प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट कोको हुन् भन्ने खुलाएको छैन

पछाडि परेका प्रदेशलाई  बजेट विनियोजनमा विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल Read Previous

पछाडि परेका प्रदेशलाई बजेट विनियोजनमा विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल

आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : सांसद भट्टराई Read Next

आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : सांसद भट्टराई