काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई मर्ज भई असार २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकबाट जेठ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति पाएसँगै दुवै संस्थाले एकीकृत कारोबार मिति तोकेको हुन् ।
दुई लघुवित्त मर्ज भई ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार हुनेछ । दुई लघुवित्त बीच गत भदौ अन्तिममा मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
दुई संस्थाबीच १००ः८७ सेयर अनुपातमा मर्जर हुने सहमति भएको छ । मर्जरपछि आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर ८७ कित्ता कायम हुनेछ ।
मर्जरपछि एकीकृत लघुवित्तको पूँजी कोष ७ अर्बभन्दा बढी हुनेछ । हाल साना किसानको चुक्ता पूँजी १ अर्ब ९७ करोड र आरएमडीसीको १ अर्ब ५६ करोड रुपैयाँ छ ।