काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) बिक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा पुनः आवेदन दिएको छ ।
कम्पनीले यसअघि प्रस्ताव गरेको प्रिमियम मूल्य संशोधन गर्दै पुनः बोर्डमा आवेदन दिएको हो । कम्पनीले यसअघि अंकित मूल्य १०० रुपैयाँमा ११२ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २१२ रुपैयाँ दरले आइपीओ बिक्रीको प्रस्ताव गरेकोमा अहिले बढाएर प्रतिकित्ता २९९ रुपैयाँमा जारी गर्न अनुमति मागेको हो ।
कम्पनीले ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो ।
बोर्डबाट अनुमति पाएपछि कम्पनीको आइपीओ बिक्री प्रक्रिया अघि बढ्ने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।