थ्रीस्टार हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधरणका लागि असार ५ गतेदेखि बिक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ६ करोड १३ लाख १६२ हजार रुपैयाँ बराबरको ६ लाख १३ हजार १६२ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस रेटिङ’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च स्तरको जोखिम रहेको संकेत गर्छ ।

जेठमा चालु वर्षकै धेरै वस्तु आयात, व्यापार घाटामा भने सुधार Read Previous

जेठमा चालु वर्षकै धेरै वस्तु आयात, व्यापार घाटामा भने सुधार

आइपीओ ल्याउन लागेको रिलायबल लाइफले बढायो प्रिमियम मूल्य, प्रतिकित्ता कति ? Read Next

आइपीओ ल्याउन लागेको रिलायबल लाइफले बढायो प्रिमियम मूल्य, प्रतिकित्ता कति ?