सेयर बजारले गर्‍यो कमब्याक, यी ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्से ४३ अंकको गिरावटपछि आज झिनो अंकले बढेको हो ।

सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५ करोडले घटेर ३ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ ।

बिहीबार नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेको छ । यसदिन २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । आज होटल समूहको सेयरमा उच्च आकर्षण देखिएको छ । यस समूहको परिसूचक सबैभन्दा धेरै ८.६५ प्रतिशतले बढेको छ ।

आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको साढे २९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी १५ करोड र शिवम् सिमेन्ट १४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

सामानय अंक्ले बढेको बजारमा आज आधादर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तारागाउँ होटल, ओरेन्टल होटल, कालिञ्चोक दर्शन र बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, सिटी होटल र हिमालयन लाइफ इन्स्योरेन्सका सेयरधनीले पनि १० प्रतिशत कमाएका छन् ।

 

रोजगारीको प्रलोभनमा गिरोहले लाओस पुर्‍यायो, बन्धक बनाएर ‘क्रिप्टो’ कारोबारमा संलग्न Read Previous

रोजगारीको प्रलोभनमा गिरोहले लाओस पुर्‍यायो, बन्धक बनाएर ‘क्रिप्टो’ कारोबारमा संलग्न

फेवातालको संरचना हटाउँदा झन्डै ४० अर्बको जग्गा फिर्ता हुने, व्यवसायीले मागे मुआब्जा Read Next

फेवातालको संरचना हटाउँदा झन्डै ४० अर्बको जग्गा फिर्ता हुने, व्यवसायीले मागे मुआब्जा