काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ ।
बुधबार नेप्सेमा साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स मर्ज भई बनेको नयाँ कम्पनी ‘हिमालयन लाइफ इन्स्योरेन्स’को सेयर सूचीकृत भएको हो ।
साविकको तीनै कम्पनी मर्ज हुँदा कायम भएको १:१:१ सेयर अनुपातका आधारमा हिमालयन लाइफको नाममा ८ करोड २ लाख ३ हजार ८३७.०२ कित्ता सेयर सूचीकृत भएको छ ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सेले ३४६.५२ रुपैयाँ ओपन रेन्ज तोकेको छ । अब यही मूल्यका आधारमा बिहीबार कम्पनीको सेयर कारोबार खुल्नेछ । इन्स्योरेन्सको सेयर कारोबारका लागि नेप्सले HLI संकेत चिह्न दिएको छ ।