काठमाडौं । साङ्गे विद्युत् कम्पनीले हाल कायम चुक्ता पूँजीको ८०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनी संचालक समितको जेठ २६ गते बसेको बैठकले १:८ सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ दरले ११ करोड ८४ लाख ६ हजार १०० रुपैयाँ बराबरको २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री गर्ने भएको ।
कम्पनीको हकप्रदमा असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । हाल कम्पनीको प्रतिकित्ता सेयर मूल्य ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले आग्रह गरेको छ ।
सेयरधनीले आफ्नो हक वा सोभन्दा बढी पनि सेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ । दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ ।
साङ्गे विद्युत् कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भने सूचीकृत छैन ।