नेप्सेमा थप ३ लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप तीन लघुवित्त संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आइतबार साना किसान लघुवित्त, नयाँ सारथी लघुवित्त र उपकार लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

तीनै लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।

नेप्सेमा साना किसानको २६ प्रतिशत अर्थात् ४० लाख ६७ हजार ४७५.६९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, नयाँ सारथी लघुवित्तको १९ प्रतिशत (५ लाख ७६ हजार ४५०.९९ कित्ता) र उपकार लघुवित्तको ६१.७५ प्रतिशत (४ लाख ५ हजार २३२ कित्ता)बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत तीनै लघुवित्तको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

विस्फोटक पदार्थ ल्याउन नसक्दा नारायणगढ-मुग्लिन सडकमा पुल निर्माण रोकियो Read Previous

विस्फोटक पदार्थ ल्याउन नसक्दा नारायणगढ-मुग्लिन सडकमा पुल निर्माण रोकियो

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ८६ प्रतिशत सकियो, कहिले हुन्छ 'ब्रेक थ्रु' ? Read Next

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ८६ प्रतिशत सकियो, कहिले हुन्छ 'ब्रेक थ्रु' ?