आजदेखि कुनै बाहनामा सडक खन्न नपाइने

काठमाडौं । आज (असार १ गते) देखि भदौ मसान्तसम्म कुनै पनि बाहानामा सडक खन्न नपाइने भएको छ ।

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले आजदेखि भदौ मसान्तसम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो ।

वर्षायाममा सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा सञ्चालनमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भन्दै कार्यालयले मातहतका सडक डिभिजनहरूलाई कुनै पनि सडक खन्ने स्वीकृति नदिन भनेको हो ।

कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार अनुसार कारबाही गरिने कार्यालयले जनाएको छ।

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन Read Previous

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन

आदर्श लघुवित्तको सेयर कारोबार रोक्का, अब भाउ घटेर नयाँ नामबाट किनबेच हुने ! Read Next

आदर्श लघुवित्तको सेयर कारोबार रोक्का, अब भाउ घटेर नयाँ नामबाट किनबेच हुने !