नेप्सेमा मेन्छियाम हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेन्ज कति ?

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ ) नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।

बिहीबार कम्पनीले स्थानीय, सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ५४ लाख २५ हजार ८३३ कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ७७.४५ रुपैयाँदेखि २३२.३५ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि MCHL संकेत चिह्न प्रदान गरेको छ ।

'संकटपूर्ण अवस्थाको अर्थतन्त्र राष्ट्र बैंकले मात्र थेग्न सक्दैन' Read Previous

'संकटपूर्ण अवस्थाको अर्थतन्त्र राष्ट्र बैंकले मात्र थेग्न सक्दैन'

'बैंकिङ प्रणाली ओभर क्यापिटालाइज भएको छ, कुनै बाहनामा पूँजी बढाउन दिन हुँदैन' Read Next

'बैंकिङ प्रणाली ओभर क्यापिटालाइज भएको छ, कुनै बाहनामा पूँजी बढाउन दिन हुँदैन'