नेप्सेमा लगातार आठौं दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजार लगातार आठौं दिन बढेको छ । जेठ २३ गतेदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ८ कारोबार दिनमा नेप्से १४० अंकले बढेको छ ।

सूचक बढे पनि आज कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७५ करोडले घटेर ३ अर्ब १६ करोडमा सीमित भएको छ ।

प्रफिट बुक गर्ने हाबी हुँदा आज सूचकमा तीव्र उतरचढाव आएको थियो । बिहीबार नेप्से परिसूचक ५ अंकले बढेर २०४२.०७ विन्दुमा पुगेको छ । यसदिन २७० कम्पनीको ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ को परिसूचक बढेको छ भने ६ वटाको घटेको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.५६ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटल १६ करोड र नेपाल लाइफ इन्स्योरेन्स पौने १५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बढ्दो बजारमा सिटी होटलको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, अभियान लघुवित्त ९.२०, बीपीडब्ल्यू लघुवित्त ८.२०, कालिका लघुवित्त ८.०६, सोल्टी होटल र सूर्यज्योति लाइफको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरू तत्काल हटाउनुपर्छ : अध्यक्ष ढकाल Read Previous

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरू तत्काल हटाउनुपर्छ : अध्यक्ष ढकाल

संरचनागत सुधार र नीतिगत हस्तक्षेपले यसरी मार्‍यो भारतीय अर्थतन्त्रले फड्को Read Next

संरचनागत सुधार र नीतिगत हस्तक्षेपले यसरी मार्‍यो भारतीय अर्थतन्त्रले फड्को