काठमाडौं । साधरण सेयर (आइपीओ) निष्काशनका लागि अनुमति माग्दै दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावर कम्पनीले आइपीओ बिक्रीका लागि बोर्डसँग अनुमति मागेका हुन् ।
कान्तिपुर टेलिभिजनले प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।
टेलिभिजनको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यपिटल रहेको छ ।
यसैगरी, सानिमा हाइड्रोपावर कम्पनीले पनि प्रतिकित्ता १०० रुपैयाँ दरले २४ करोड ५० लाख रुपैयाँ बराबरको २४ लाख ५० हजार कित्ता आइपीओ बिक्रीका लागि अनुमति मागद्यै बोर्डमा आवेदन दिएको हो ।
सानिमाले स्थानीय र सर्वसाधारणलाई आइपीओ जारी गर्न लागेको हो । यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यपिटल रहेको छ ।