कतै खुसीयाली, कतै दुःख : ५ तस्वीरमा कृषि र कृषकको अवस्था

जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको लाछु जिउलो खेतको फाँटमा मार्सी धान रोपाइँ गर्दै यहाँका स्थानीयवासी । जिल्लाका किसानलाई यो याममा धान रोपाइँ गर्न भ्याइनभ्याई भएको छ ।

म्याग्दीको बेनी नगरपालिका-४ सिंगामा हरियाली कृषक समूहले गरेको टमाटर खेती । एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा सहभागी कृषकहरुले अभ्यासका लागि टमाटर खेती गरेका हुन् ।तस्वीर : सन्तोष गौतम

पानी नपरेपछि पाल्पा रामपुर नगरपालिका-५ स्थित बेझाड खेतमा सुक्दै गरेको मकैबाली । तस्वीर : सुशीला रेग्मी

घोराही-१५ न्युरोडस्थित एक घरको बार्दलीमा फुलेको ड्रागन फ्रुटको फूल । यसको फूल रातिमा मात्रै फुल्छ दिउँसो हुँदै गर्दा ओलाउने गर्दछ । तस्वीर : कुलदीप न्यौपाने

बैतडीको दोगडाकेदारका महिला खरको भाडी बोकेर घरतिर जाँदै । असोज/कात्तिकमा काटेर सुरक्षित राखेको खर गाईबस्तुका लागि हुन् । तस्वीर : विनोद सिंह विष्ट

तस्वीर : रासस

बेनीबाट मुक्तिनाथ जाने बाटो अबरुद्ध Read Previous

बेनीबाट मुक्तिनाथ जाने बाटो अबरुद्ध

कान्तिपुर टेलिभिजनसहित २ कम्पनीले दिए आइपीओ जारी गर्न बोर्डमा आवेदन Read Next

कान्तिपुर टेलिभिजनसहित २ कम्पनीले दिए आइपीओ जारी गर्न बोर्डमा आवेदन