नेप्सेमा लगातार पाँचौ दिन वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन बढेको छ । गत गत मंगलबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ दिनमा नेप्से झन्डै १२० अंकले बढेको छ ।

सूचक बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५७ करोडले घटेर २ अर्ब ८८ करोडमा सीमित भएको छ ।

सोमबार नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा पुगेको छ । यसदिन २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ को परिसूचक बढेको छ भने ७ को घटेको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै १०.७८ प्रतिशतले बढेको छ ।

आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी १० करोड र शिव श्री हाइड्रोपावर साढे ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कालिञ्चोक दर्शन, अभियान लघुवित्त, चन्द्रागिरी हिल्स, भूगोल इनर्जी र सिटी होटलका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

सिटिजन्स बैंकद्धारा सेनेटरी भेन्डिङ मेसिन वितरण Read Previous

सिटिजन्स बैंकद्धारा सेनेटरी भेन्डिङ मेसिन वितरण

बजेटका आलोचित व्यवस्थाकाे बचाउमा अर्थमन्त्री, यस्तो छ स्पष्टीकरण Read Next

बजेटका आलोचित व्यवस्थाकाे बचाउमा अर्थमन्त्री, यस्तो छ स्पष्टीकरण