आशा र राष्ट्र उत्थान लघुवित्तको स्वाप रेसियो निर्धारण

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । दुई लघुवित्त बीच जेठ २६ गते प्राप्ति सम्बनधी अन्तिम सम्झैता भएको हो ।

सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन अनुसार दुई लघुवित्त समान हैसियतमा गाभिन लागेको हुन् । अर्थात् आशाले राष्ट्र उत्थानलाई १:१ सेयर अनुपातमा गाभ्ने भएको हो ।

नुवाकोटमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्तले बनेपाको राष्ट्र उत्थानलाई गाभ्न नेपाल राष्ट्र बैंकले जेठ २३ गते सैद्धान्तिक सहमति दिइसकेको छ ।

हाल आशा लघुवित्तको चुक्ता पूँजी ३८ करोड १६ लाख छ भने राष्ट्र उत्थान लघुवित्तको २६ करोड चुक्ता पूँजी छ । मर्जरपछि बन्ने लघुवित्तको चुक्तापूँजी ६४ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।

सहर सधैं चिटिक्क राख्ने 'इन्दौर मोडल', यसरी हुन्छ फोहोर व्यवस्थापन Read Previous

सहर सधैं चिटिक्क राख्ने 'इन्दौर मोडल', यसरी हुन्छ फोहोर व्यवस्थापन

श्रीलङ्काले थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो Read Next

श्रीलङ्काले थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो