काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नबाँड्ने भएको छ ।
कम्पनी संचालक समितिको जेठ २८ गते बसेको बैठकले सो आवको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।
यस्तै, बैठकले आव २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु माथि छलफल गरी त्यसलाई स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरण समक्ष पेस गर्ने निर्णय गरेको छ ।
हाल २ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी पुर्याउन ८४.४५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।