काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले असार १५ गते आठौं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीले सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बोलाएको हो ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ५ प्रतिशत (४.७५ बोनस सेयर र ०.२५ नगद) लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ । प्रस्तावित लाभांश कम्पनीको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असार ७ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार असार ६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।