साना किसान र आरएमडीसी लघुवित्तले पाए मर्ज हुन अन्तिम स्वीकृति, स्वाप रेसियो कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना किसान लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई मर्ज हुन अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकले जेठ २४ गते दुवै संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो । राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै कम्पनीले एकीकृत कारोबार सुरू गर्नेछन्।

दुई लघुवित्त बीच गत भदौ अन्तिममा मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने सहमति भएको छ ।

दुई संस्थाबीच १००:८७ सेयर अनुपातमा मर्जर हुने सहमति भएको छ । मर्जरपछि आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर ८७ कित्ता कायम हुनेछ ।

मर्जरपछि एकीकृत लघुवित्तको पूँजी कोष ७ अर्बभन्दा बढी हुनेछ । हाल साना किसानको चुक्ता पूँजी १ अर्ब ९७ करोड र आरएमडीसीको १ अर्ब ५६ करोड रुपैयाँ छ ।

अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता, राहत दरको कर्जा बारे छलफल Read Previous

अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता, राहत दरको कर्जा बारे छलफल

अब इसेवाबाटै घरको बीमा गर्न सकिने Read Next

अब इसेवाबाटै घरको बीमा गर्न सकिने