नेप्सेमा दोल्ती पावर र भूगोल इनर्जीको आइपीओ सूचीकृत, ओपनरेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बुधबार दोल्ती पावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ सूचीकृत भएको हो ।

दुवै कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणलाई जारी गरेको सेयर सूचीकृत गरेका हुन् ।

नेप्सेका अनुसार दोल्ती पावरको ५३ लाख ६४ हजार ८६० कित्ता सेयर सूचीकरण भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ८७ रुपैयाँदेखि अधिकतम २६१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । DOLTI संकेत चिह्नमा यसको कारोबार हुनेछ ।

त्यस्तै, भूगोग इनर्जीको ५४ लाख ४० हजार ५४३ कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले ६७.६३ रुपैयाँदेखि अधिकतम २०२.८९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले BEDC संकेत चिह्न प्रदान गरेको छ ।

नेप्सेमा सूचीकरण भएसँगै बिहीबारदेखि दुवै कम्पनीको सेयर कारोबारमा आउने छ । यद्यपि, भोलि प्रिओपन सेसनमा कारोबार हुन नसके नियमित सेसनमा कारोबारमा आउने छैन ।

काम नगर्ने १७ ठेकेदारलाई कालोसूचीमा राख्ने तयारी, सोधियो ७ दिने स्पष्टीकरण Read Previous

काम नगर्ने १७ ठेकेदारलाई कालोसूचीमा राख्ने तयारी, सोधियो ७ दिने स्पष्टीकरण

नेप्सेमा लगातार वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा लगातार वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी