नबिल सेक्युरिटिजसहित थप ११ ब्रोकरले पाए लाइसेन्स (सूचीसहित)

काठमाडौं । थप ११ कम्पनीले धितोपत्र दलाल (ब्रोकर)को लाइसेन्स पाएको छन् । नेपाल धितोपत्र बार्डले सोमबार प्रक्रिया पुगेका र पूर्वाधार तयार गरेका थप ११ ब्रोकरलाई लाइसेन्स दिएको हो ।

यसअघि पहिलो चरणमा ७ कम्पनीलाई लाइसेन्स दिएको बोर्डले दोस्रो चरणमा थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।

नयाँ लाइसेन्स पाउनेमा, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, मेघा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वल्र्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे, सेक्युरिटिज, केबीएल सेक्युरिटिज, कलश स्टक मार्केट र नबिल सेक्युरिटिज छन् ।

यी मध्ये नबिल सेक्युरिटिजले धितोपत्र व्यापारी (स्टक डिलर)को समेत काम गर्ने गरी लाइसेन्स पाएको छ । त्यस्तै, मेघा स्टकले पूर्ण कार्य र अरु ९ वटा ब्रोकरले सीमित कार्य गर्ने गरी ब्रोकरको लाइसेन्स पाएका हुन् ।

यसअघि क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, भोले गणेश सेक्युरिटी, सन सेक्युरिटी, मियो सेक्युरिटी, सेयर प्रो सेक्युरिटी र प्रोपर्टि विजार्डले ब्रोकर लाइसेन्स पाएका थिए ।

बोर्डले नयाँ लाइसेन्सका लागि आह्वान गरेको सूचनामा ४५ कम्पनीले आवेदन दिएका थिए । ती मध्ये ४२ वटालाई बोर्डले आशयपत्र दिएको थियो । ४२ वटामध्ये १८ वटाए लाइसेन्स पाएका छन् भने बाँकी प्रक्रियामा रहेका छन् ।

बजेटले तत्काल आर्थिक मन्दी हटाउने उपाय अबलम्बन गरेन : महासंघ Read Previous

बजेटले तत्काल आर्थिक मन्दी हटाउने उपाय अबलम्बन गरेन : महासंघ

जीवन बीमा व्यवसायबाट नेपाल पुनर्बीमालाई १७ करोड घाटा, यस्तो छ वित्तीय अवस्था Read Next

जीवन बीमा व्यवसायबाट नेपाल पुनर्बीमालाई १७ करोड घाटा, यस्तो छ वित्तीय अवस्था