मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो ।

उक्त ऐनको परिच्छेद-५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ । असार १० गतेसम्म आफ्नो राय सुझाव पेश गर्न राष्ट्र बैंक्ले सबैमा आग्रह गरेको छ ।

‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना रायरसुझावहरु यस बैंकको आर्थिक अनुसन्धान विभागको देहायको ठेगानामा २०८० असार १० भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

सन् २०२३ मा विश्व हवाई उद्योगले कीर्तिमानी रेकर्ड कायम गर्ने Read Previous

सन् २०२३ मा विश्व हवाई उद्योगले कीर्तिमानी रेकर्ड कायम गर्ने

बजेटले तत्काल आर्थिक मन्दी हटाउने उपाय अबलम्बन गरेन : महासंघ Read Next

बजेटले तत्काल आर्थिक मन्दी हटाउने उपाय अबलम्बन गरेन : महासंघ