काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । हिजो एकैदिन ५३ अंकले बढेको नेप्से आज दोहोरो अंकले घटेको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम ३२ करोड रुपैयाँले बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
सोमबार नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा आइपुगेको छ । यसदिन २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै २.४६ प्रतिशतले घटेको छ ।
आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै २० करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको पौने १० करोडको कारोबार भएको छ ।
दोहोरो अंकले घटेको बजारमा आज रिभर फल्स पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज शिवम् सिमेन्टको सबैभन्दा धेरै ४.५० प्रतिशत गुमाएका छन् । त्यस्तै, जोशी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स, कालिका लघुवित्त र वरुण हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशत घटेको छ ।