नबिल बैंकले घर बनाउन ५ करोडसम्म ऋण दिने, ब्याजदर कति ?

काठमाडौं । नबिल बैंकले दिगो घरकर्जा (नबिल सस्टेनेबल हाउजिङ लोन) योजना ल्याएको छ । बैंकले विश्व वातावरण दिवसको अवसरमा उक्त घरकर्जा योजना सार्वजनिक गरेको हो ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजना सार्वजनिक गरेका हुन् ।

नबिल दिगो घर कर्जा वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याइएको बैंकले जनाएको छ ।

यस कर्जा योजना अनुसार ग्राहकले न्यूनतम ७ लाखदेखि अधिकतम ५ करोडसम्म ऋण पाउने बैंकले जनाएको छ । बैंकका अनुसार यो कर्जामा बेसरेटमा १ प्रतिशत मात्र प्रिमियम जोडिने छ । अहिले नबिलको बेसरेट १० प्रतिशतभन्दा कम छ । त्यसअनुसार ग्राहकले ११ प्रतिशतभन्दा कम ब्इाजदरमै ऋण पाउने छन् ।

यस्तै, स्थिर ब्याजदरमा कर्जा लिन चाहने ग्राहले ७ वर्षसम्मका लागि वार्षिक १०.४९ प्रतिशत ब्याजदरमै घर कर्जा पाउने छन् । स्थिर ब्याजदरमा ७ वर्षभन्दा बढी अवधिका लागि कर्जा लिन चाहले ग्राहले ७ वर्षसम्म १०.४९ प्रतिशत र त्यसपछि सोहीबेलाको बेसरेटमा १.५ प्रतिशत ब्याजदर जोडेर कर्जा पाउने छन् । यो कर्जा ग्राहकले मासिक किस्तामा २० वर्षसम्मका लागि पाउने छन् ।

यस कर्जा योजना अन्तर्गत ऋण लिन चाहने ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउनेछन् भने १ वर्षलाई २ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराइने बैंकले जनाएको छ ।

यो कर्जा योजना बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो कर्जा लिनका लागि ग्राहकले निर्माण हुन गइरहेको घरको हकमा घरको नक्सा पास पेस गर्नुपर्ने छ। उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहोर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामाग्रीहरू जस्तै सोलार प्रविधिबाट पानी तताउने, सीएफएल, एलईडी लाइटहरूको प्रयोग, इन्डक्सन कुकिङ प्रविधिहरू समावेश भएको हुनुपर्ने छ ।

गण्डकी प्रदेशका ५ ठाउँमा सुरुङमार्ग बनाउने घोषणा Read Previous

गण्डकी प्रदेशका ५ ठाउँमा सुरुङमार्ग बनाउने घोषणा

काठमाडौंमा मेलम्चीको पानी नियमति ल्याउन वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत Read Next

काठमाडौंमा मेलम्चीको पानी नियमति ल्याउन वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत