साउदीले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने, मूल्यमा कस्तो पर्छ असर ?

काठमाडौं । विश्वको प्रमुख तेल उत्पादक तथा निर्यातकर्ता साउदी अरेबियाले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ ।

आइतबार तेल निर्यातकर्ता राष्ट्रहरुको समूह ‘ओपेक प्लस’को बैठकमा साउदीले आगामी जुलाई महिनादेखि प्रतिदिन थप १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने प्रतिबद्धता गरेको हो ।

साउदीको ऊर्जा मन्त्रालयले जुलाइदेखि प्रतिदिन १० लाख ब्यारेलले तेलको उत्पादन कटौती गरेर ९० लाख ब्यारेलमा सीमित गर्ने जनाएको छ । साउदीले हाल दैनिक १ करोड ब्यारेल तेल उत्पादन गर्दै आएको छ ।

कच्चा तेलको मूल्यमा लगातार गिरावट आएपछि गत मार्च अन्तिममा साउदी अरबसहित ओपेक देशहरुले दैनिक साढे ११ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेका थिए ।

यता, युनाइटेड अरब इमिरेट्सलाई भने प्रतिदिन थप २ लाख ब्यारेल तेल उत्पादन गर्ने जनाएको छ ।

मूल्यमा कस्तो पर्छ असर ?

साउदीले उत्पादन कटौती गर्ने बताएसँगै विश्व बजारमा कच्चा तेलको भाउ बढ्ने आकलन गरिएको छ । यसअघि नै ओपेक प्लस देशहरुले उत्पादन कटौती गरिरहेको अवस्थामा साउनदीले थप १० लाख ब्यारेल कटौती गर्दा आपूर्ति कम भई मूल्य केही बढ्ने अनुमान गरिएको छ ।

साउदीको घोषणपछि सोमबार कच्चा तेलको भाउ डेढ देखि साढे २ प्रतिशतसम्म बढेको छ । सोमबार विश्व बेन्चमार्क ‘ब्रेन्ट क्रुड’आयको भाउ १.५१ डलरले बढेर प्रतिब्यारेल ७७.६४ डलरमा कारोबार भइरहेको छ ।

यस्तै, डब्ल्यूटीआई क्रुडको भाउ पनि डेढ प्रतिशतले बढेर प्रतिब्इारेल ७३.१५ डलर पुगेको छ । यसको भाउ इन्ट्राडे हाई प्रतिब्यारेल ७५.०६ डलरसम्म पुगेको थियो । यस्तै, अन्य अधिकांश क्रुड आयको भाउ बढेको छ ।

नेपाली ट्राभल कम्पनी 'ह्याक' गरी करोडौंको हवाई टिकट बिक्री Read Previous

नेपाली ट्राभल कम्पनी 'ह्याक' गरी करोडौंको हवाई टिकट बिक्री

गण्डकी प्रदेशका ५ ठाउँमा सुरुङमार्ग बनाउने घोषणा Read Next

गण्डकी प्रदेशका ५ ठाउँमा सुरुङमार्ग बनाउने घोषणा