रावा इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधरणका लागि जेठ १८ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ६ करोड ४३ लाख ६६ हजार ७०० रुपैयाँ बराबरको ६ लाख ४३ हजार ६६७ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँद छ ।

कम्पनीले निर्माण गरेको ३ मेगावाटको माथिल्लो रावा खोला जलविद्युत्ले आयोजनाले २०७७ असोज १४ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यसको कुल लागत ६४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ५५ लाख रुपैयाँ रहेको छ।

कर्णाली सरकारले हरेक वर्ष १० हजारलाई रोजगार दिने, नीति तथा कार्यक्रमको पूर्णपाठ Read Previous

कर्णाली सरकारले हरेक वर्ष १० हजारलाई रोजगार दिने, नीति तथा कार्यक्रमको पूर्णपाठ

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Next

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?