काठमाडौं । सेयर बजारमा उछाल आएको छ । सेयर लगानीकर्ता र सरकार बीच भएको वार्ता निष्कर्षमा पुगेसँगै नेप्सेले हाफ सेञ्चुरीको छलाङ हानेको हो ।
लगानीकर्ताको तालाबन्दीका कारण १२ बजेपछि खुलेको नेप्स १५ मिनेटमै ५७ अंकले बढिसकेको छ ।
आइतबार अर्थमन्त्रालयमा भएको सहमति अनुसार सेयर कारोबारमा हाल लाग्दै आएको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकरनै अन्तिम कर हुने सहमति भएपछि लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ हानेको हो ।
सरकारले आर्थिक विधेयकमार्फ सेयर कारोबार गरी ५० लाख बढी नाफा कमाउनेले आयकर पनि तिर्नुपर्ने व्यवस्था गरेपछि लगानीकर्ता ४ दिनदेखि आन्दोलनमा उत्रिएका थिए ।
नेप्सलेमा उछाल आएसँग खरिदकर्ता हाबी भएका छन् । १२:२० बजेसम्म आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, शिव श्री हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक लगायत कम्पनीको सेयरको माग उच्च रहेको छ ।