सरकार र लगानीकर्ता बीचको वार्ता मिल्यो, पूँजीगत लाभ कर नै अन्तिम हुने

काठमाडौं । सरकार र आन्दोलनरत सेयर लगानीकर्ता बीच सेयर कारोबारमा पूँजीगत लाभ कर नै अन्तिम कर हुने सहमति भएको छ ।

आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा सरकारी अधिकारी र लगानीकर्ता बीच भएको वार्तामा यस्तो सहमति जुटेको हो ।

सहमति अनुसार सेयर कारोबारमा हालको ५ र ७.५ प्रतिशत पूँजीगत लाभ कर नै अन्तिम कर कायम गर्ने भइएको हो ।

सरकारले आर्थिक विधेयकमार्फत सेयर कारोबारीले ५० लाख बढी नाफा कमाए आयकरसमेत तिर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसको विधरोधमा लगानीकर्ता ४ दिनदेखि आन्दोलित भएका थिए भने आज सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका थिए ।

लगानीकर्ताको तालाबन्दीका कारण आज सेयर कारोबार समेत बन्द भएको थियो । वार्ता मिलेसँगै अब बन्द सेयर कारोबार खुल्ने भएको छ।

यी १० शीर्षकमा तिरिएको पैसा आयकरमा घटाउन पाइने Read Previous

यी १० शीर्षकमा तिरिएको पैसा आयकरमा घटाउन पाइने

वार्ता मिलेसँगै सेयर बजारमा उछाल, यी कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण Read Next

वार्ता मिलेसँगै सेयर बजारमा उछाल, यी कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण