आइएमई पेले पायो ‘सिसा पीसीआइ डीएसएस’ प्रमाणीकरण

काठमाडौं । आइएमई डिजिटल सोलुसनको आइएमई पेले हालै ‘सिसा पीसीआइ डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ।

यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले बताएको छ।

आफ्नो स्थापनाकाल देखिनै सेवाग्रहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटीमार्फत पीसीआइ डीएसएसको मापदण्डहरू पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिटपछि नवीकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पीसीआइ डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुर्‍याएर नवीकरण गरेको छ।

आइएमई पेले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकको निजी तथा संवेदनशील जानकारीहरूको गोपनियता कायम गर्नका साथै डाटा उल्लंघन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो।

आर्थिक संकटमा फसेको श्रीलङ्काले एकैपटक घटायो २.५ प्रतिशत ब्याजदर Read Previous

आर्थिक संकटमा फसेको श्रीलङ्काले एकैपटक घटायो २.५ प्रतिशत ब्याजदर

भारु नोट सटहीमा सकस, १ लाख साट्दा ४ हजार कमिसन Read Next

भारु नोट सटहीमा सकस, १ लाख साट्दा ४ हजार कमिसन